नेपालगन्ज : कोरोना भाइरस संक्रमित थप २६ जनाको मृत्यु भएकोछ । एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको हो । यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
गत २४ घण्टामा ५ हजार ७ सय ४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । कुल संक्रमितमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।