नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए


नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण दर अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

त्यसैगरि मन्त्रालयका अनुसार यही अवधिमा थप २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।