बाँकेमा बुधबार ३८ जना कोरोना संक्रमित थपिए


बाँकेमा बुधबार ३८ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज : बाँकेका तीन प्रयोगशालाबाट थप ३८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

केन्द्रका अनुसार बुधबार बेलुकासम्म बाँकेका तीन प्रयोगशालाबाट १८ महिला र २० पुरुष गरि थप ३८ जना ब्यक्तिमा कोरोना सक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १२ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट पाँच सहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

योसगैं बाँकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ८४१पुगेकोछ । भने बुधार मात्रै थप ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो सहित बाँकेमा कोरोना जित्नेको संख्या २ हजार २ सय २७ पुगेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा बुधबार बेलुकासम्म सक्रिय संक्रमित संखया ५८५ जनापुगेकोछ । भने बाँकेका २९ जना र बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १५ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएकोछ ।