होसियार ! दशैंको दक्षिणामा कोरोना हुनसक्छ


होसियार ! दशैंको दक्षिणामा कोरोना हुनसक्छ

नेपालगन्ज : यतिबेला हामी दशैंको उमङ्गमा छौं । घरपरिवार, टोल छिमेक नै दशैंमय बनेकोछ । दशैं मनाउनकै लागि घरपरिवारमा लामोसमयपछि परिवारको जमघट हुदाँ वातावरण नै हर्ष र उल्लासमय बनेकोछ ।

तर, कोरोना भाइरस संक्रमणकाबीच दशैं मनाइरहदाँ दशैंको दक्षिणा (नोट) मा कोरोना भाइरस हुनसक्छ । यसले कोरोना फैलिन सक्ने भन्दै चिकित्सकले उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन् ।

शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस हामीले बोक्ने पैसा(नोट) र मोबाईल फोन लगायत स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । जसले गर्दा सहजै सर्नसक्छ ।

सामायन्य चुरोटबिडी, पानगुट्खा, सागसब्जी तथा लत्ता कपडा किन्दा होस् । वा गाडी भाडा, पेट्रोलको रकम भूक्तानी गर्दा होस् । अधिकांस कार्यमा हामी नगद कारोबार गर्ने गर्छौं । जसका कारण हामी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाछौं ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना भाइरस संक्रमणकैबीच आएको दशैंतिहार जस्ता चाडपर्वमा दानदक्षिणा उल्लेख्य मात्रामा हुन्छ । दशैंमा टिका, जमरा, आर्शिवाद सगंसगैं दक्षिणा पनि मुख्य कुरा भएकाले दक्षिणा लिने र दिने गरिन्छ ।

यस्तो कार्यमा प्रदान गरिने दक्षिणा धार्मिक, सामाजिक, साँस्कृतिक र परम्परागत रुपमा वर्षौंदेखि चल्दै आएको छ । यो हाम्रो परम्परा र संस्कृतिको एक हिस्सा भइसकेको अवस्थामा दक्षिणा विनाको चाडबाड कल्पना गर्न समेत गाह्रो हुन्छ ।

कोरोना भाइरसको मुख्य प्रसारका रुपमा नोट (पैसा) एक भएकाले दशैंमा दक्षिणा पाए भन्दै हुरुक्क हुदाँ कतै कोरोना संक्रमित हुनुपर्ने अवस्था नआउला भन्न सकिदैन ।

यही जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले यसपटक नयाँ नोट वितरणमा रोक लगाएकोछ । नयाँ नोट लिन आउने भिडभाडका कारण कोरोना संक्रमणको जोखिम झन् बढ्ने भन्दै यसपटक बन्द गरिएको हो ।

कोरोनाको जोखिमलाई हेर्दै सरकारले नगद कारोबार सकभर नगर्न, गर्नै परे स्यानिटाईज गरि प्रयोग गर्न आग्रह गरेकोछ ।
धेरैजसो अवस्थामा कोरोना भाइरसको संक्रमण व्यक्तिले कुरा गर्दा वा खोक्दा निस्कने थुकका छिटाबाट सर्ने गर्छ । यसअघि ल्याबमा भएको परीक्षणबाट के पुष्टि भएको थियो भने नोट र काँचमा कोरोना भाइरस दुई देखि तीन दिनसम्म जीवित रहन सक्छ । जबकी स्टेनलेस स्टीलको सतहमा यो ६ दिनसम्म बाँच्न सक्छ ।

अहिले ल्याबको नतिजामा थोरै फेरबदल देखिएको छ । यद्यपि अष्ट्रेलियन एजेन्सी सीएसआइआरओको एक नयाँ अध्ययन अनुसार यो भाइरस एकदमै बलियो छ र २० डिग्री सेल्सियसको तापमान र अँध्यारोमा मोबाइल फोनको सिसा, प्लाष्टिक, पैसाको नोट जस्तो चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्छ ।