नेपालमा एक लाख बढिले कोरोना जिते


नेपालमा एक लाख बढिले कोरोना जिते

नेपालगन्ज : नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो ।

यस्तै नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार भेटिएका कोरोना संक्रमितसगैं नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार २ सय ५५ जनाको पीसिआर परीक्षण गरिएकोछ । बुधबार बेलुकासम्म देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८१२ पुगेको छ ।