लमहीका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु


लमहीका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा उपचारको क्रममा बाहिरी जिल्लाबाट आएका एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ लमही नगरपालिका वडा नम्बर–५ निवासी ५५ वर्षिय पुरुषको निधन भएको हो ।

जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित ती पुरुषको उपचारका क्रममा बिहीबार बेलुका ४ बजेर ५० मिनेटमा निधन भएको छ । योसगैं बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमित ब्यक्ति १६ जनाको मृत्यु भएको छ ।

गत असोज २७ गते स्वास्थ्यमा समस्या आएपछि कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब जाँच गरिएको थियो । सोही दिन आएको पीसिआर रिर्पोटमा उनमा कोरोना पोजेटिभ पाइएको केन्द्रले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना पोजेटिभ पाइए लगत्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ युनिटमा राखेर रोगको प्रकृती अनुसार अक्सिजन थेरापी, अन्टिबायोटिकसँगै भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार मृतक ५५ वर्षिय पुरुष लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।