बाँकेका तीन प्रयोगशालाबाट ९२ जनामा कोरोना पुष्टि


बाँकेका तीन प्रयोगशालाबाट ९२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेका तीन प्रयोगशालाबाट थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार ३० महिला र ६२ पुरुष गरि ९२ जनामा कोरोना पुष्टि भएको हो ।
केन्द्रका अनुसार कोरोना पुष्टि देखिनेमा बाँकेका २४ महिला र ३६ पुरुष तथा बाहिरी जिल्लाका ६ महिला र २६ पुरुष सहित ६० जनामा कोरोना भाइरस संक्रमण पाइएको जनाएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १६ महिला र २३ पुरुष गरि ३९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ८ महिला र ११ पुरुष गरि १९ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ पुरुष सहित बाँकेका थप ६० जनामा कोरोना पुष्टि भएको हो ।

केन्द्रका अनुसार बिहीबार भेटिएका कोरोना संक्रमितसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या दुई हजार ९ सय एक पुगेकोछ । भने बिहीबार मात्रै बाँकेका थप ५१ जना कोरोना संक्रमित निको भएका छन् । यो सगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार २ सय ७८ पुगेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्लामा बिहीबार बेलुकासम्म ५ सय ९४ जना सक्रिय कोरोना संक्रमित रहेकाछन् । भने हालसम्म बाँके जिल्लामा मात्रै २९ जनाको र बाहिरी जिल्लाका १६ जना गरि ४५ जनाको ज्यान गइसकेकोछ ।

यसैबीच, जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक गरेको रिर्पोट अनुसार बाँके जिल्ला बाहिरका थप ३२ जनामा कोरोना पुष्टि भएकोछ ।

बाँकेका तीन प्रयोगशालाबाट ६ महिला र २६ पुरुष गरि ३२ जनामा कोरोना देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ६ महिला र १५ पुरुष गरि २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ८ पुरुष र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरबाट ३ पुरुष गरि ३२ जना संक्रमित पाइएको हो ।