बाँकेमा उपचाररत कोरोना पोजेटिभ २३ जनाको अवस्था गम्भीर


बाँकेमा उपचाररत कोरोना पोजेटिभ २३ जनाको अवस्था गम्भीर

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा उपचाररत कोरोना संक्रमित २३ जना ब्यक्तिको अवस्था गम्भीर रहेकोछ ।

जिल्लामा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेकोछ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ सहित २३ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लामा गम्भीर बिरामीमध्ये एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको हाल उपचार भईरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लामा दुई आइसोलेसन अस्पतालनमा उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले जानकारी दिए । यस्तै बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेकाछन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म जिल्लामा तीन हजार ४० जना ब्यक्तिमा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएकोछ ।