जुवा नाइके तरुण सहित १० जना पक्राउ, २९ लाख नगद बरामद


जुवा नाइके तरुण सहित १० जना पक्राउ, २९ लाख नगद बरामद

जुवाखालबाट बरामद रकम र तास । तस्विर : जिप्रका बाँके

नेपालगन्ज : नेपालगन्जमा जुवा नाइके सहित १० जना पक्राउ परेका छन् । वर्षैभरी जुवा खेलाइरहने जुवाका नाइके तरुण गौतम लाखौं रकम सहित पक्राउ परेका हुन् । उनीमात्र होईन मेघाश्री गुट्खा कम्पनीका मालिक, करोडौंका मालिक सन्तोष ओली पनि पक्राउ परेका छन् । उनी पनि वर्षै भरी जुवा खेल्छन् ।
 
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगन्जका नामुद जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो ।
 
नेपालगन्ज वडा नम्बर–४ बसपार्क स्थित एक भुतपूर्व प्रहरीका असई कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको सूचना पाएपछि एसपी राना सहितको प्रहरी टोली छापा हान्न गएको थियो ।

वडा प्रहरी कार्यालयको टोलीले जुवा घर घेरेका थिए भने जिल्लाको टोली भित्र प्रवेश गरेको थियो । जुवाखालबाट वर्षै भरी जुवा खेलाई रहने बाँके कचनापुर निवासी हाल नेपालगन्ज बस्ने जुवाका नाइके तरुण गौतम सहित १० जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जुवाखालबाट प्रहरीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए । जुवा नाइके गौतमले वर्षै भरी जुवा खेलाउने र खेल्ने काम गर्छन् । उनी जुवा खेलेर र खेलाएर करोड सम्पत्ती जोडेका छन् । तीन तलामाथि जुवा खालबाट हाम फालेर चुमान बस्नेत भने बच्न सफल भएका छन् । उनको उपचार भेरी अस्पतालमा भइरहेको छ ।

पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बस्ने सन्तोष थापा, वडा नम्बर–६ बस्ने मेघनाथ कुचबन्दिया, फिक्स सपिंगका मालिक वडा नम्बर–४ बस्ने नविन घिमिरे, वडा नम्बर– १० बस्ने टोप बहादुर शाही, वडा नम्बर–४ बस्ने पब्लु भण्डारी, वडा नम्बर–४ बस्ने तरुण गौतम, काँगे्रस नेता वडा नम्बर–७ बस्ने रवि राणा, मघाश्री गुट्खा मालिक वडा नम्बर–४ बस्ने सन्तोष ओली, वडा नम्बर– ४ बस्ने कृष्ण बहादुर सुवेदी, वडा नम्बर–१ धम्बोझी बस्ने रहमान मियाँ रहेका छन् ।

जुवाखालमा छापा हान्ने एसपी रानाको अहिलेको योजना भने होइन । एसपीले २ महिनादेखि जुवाडे पक्राउ गर्न कसरतमा थिए । एसपीको डायरीमा नाम भएका केही जुवाडे भने पक्राउ हुन बाँकी छन् । पक्राउ परेका जुवाडेलाई जुवा ऐन अनुसार कारवाही गरिने एसपी रानाले बताए । उनले बाँकेमा जुवा निर्मुल पार्ने बताए ।
 
Kids Festival 2022
kanti aarogya hospital