नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसगैं नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेकोछ ।
यसअघि बिहीबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । भने आईतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।
यस्तै शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।