देशभर ३५१७ कोरोना संक्रमित थपिदाँ संक्रमित संख्या १६८२३५ पुग्यो


देशभर ३५१७ कोरोना संक्रमित थपिदाँ संक्रमित संख्या १६८२३५ पुग्यो

नेपालगन्ज: कोरोना भाइरस संक्रमणकाबीच देशभर थप तीन हजार ५ सय १७ जना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५ सय १७ संक्रमित थपिएका हुन् ।

शुक्रबार देशभर थपिएका कोरोना संक्रमितसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ । भने देशभर शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ पुगेकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।योसगैं हालसम्म एक लाख २८ हजार ९ सय ५८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने यो संख्यालाई हेर्दा हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबारसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १ सय ९० जना र होम आइसोलेसनमा ३१ हजार ३ सय ८७ जना रहेका छन् । शुक्रबार बेलुकासम्म देशभर दुई हजार ६ सम्म ६६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै देशभर ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसैबीच, कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसगैं नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेकोछ ।

यसअघि बिहीबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । भने आईतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।

यस्तै शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।