बाँकेका ३३ सहित थप ५४ जनामा कोरोना पुष्टि


बाँकेका ३३ सहित थप ५४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लाका तीन वटा प्रयोगशालाबाट थप ५४ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका १४ महिला र १९ पुरुष गरि ३३ जना तथा बाँके बाहिरका ४ महिला र १७ पुरुष गरि २१ सहित थप ५४ जना ब्यक्तिमा कोरोना पुष् िभएको हो ।

केन्द्रका अनुसार शुक्रबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र ९ पुरुष सहित १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ९ पुरुष सहित १२ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ३ महिला र १ पुरुष गरि ४ सहित बाँकेका ३३ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

बाँकेमा शुक्रबार थपिएका कोरोना संक्रमितसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या तीन हजार १ सय १० पुगेकोछ । भने शुक्रबार मात्रै जिल्लाका विभिन्न आइसोलेसन सेन्टर, अस्पताल र होम आइसोलेनका गरि ७४ जनाले कोरोना जितेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

हालसम्म बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार ७ सय ८६ पुगेकोछ । भने शुक्रबार सम्म जिल्लामा २ सय ९४ जना सक्रिय संक्रमित रहेकाछन् । यस्तै बाँकेका ३० र बाँके बाहिरका १७ जना गरि बाँकेमा ४७ जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।
यसैगरी केन्द्रद्वारा जारी सूचनामा शुक्रबार बाँके जिल्ला बाहिरका ४ महिला र १७ पुरुष गरि थप २१ जनामा कोरोना पुष्टि भएकोछ ।

जसमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ३ महिला र १० पुरुष गरि १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १ महिला र ५ पुरुष गरि ६ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ पुरुष गरि जम्मा २१ जनामा कोरोना पुष्टि भएको हो ।