नेपालगन्ज : बाँके जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । योसगैं बाँके जिल्लामा उपचारका लागि आएका बाँके बाहिरका १८ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर–४ दाङका ७० वर्षिय बृद्धको शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार ती बृद्धको स्वास्थ्यमा समस्या आएपछि कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसियुमा भर्ना गरि उपचार गरिएको थियो ।
आइसियुमा उपचाररत ती बृद्धमा कोरोनाका आशंकमा कार्तिक १२ गते स्वाब परीक्षण गर्दा सोही दिन साँझ ५ बजे आएको पीसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती बृद्धको रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै स्वास्थ्यमा सुधार नभएपछि शनिबार बिहान ५ बजे निधन भएको बाँकेका कोरोना फोकाल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
योसगैं बाँकेमा आईउपचारका क्रममा ज्यान गुमाउने कोरोना संक्रमित ब्यक्तिको संख्या १८ पुगेकोछ । यसअघि दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षिय पुरुषको कार्तिक १३ गते मृत्यु भएको थियो ।
बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमित ब्यक्तिको ज्यान जानेमा सबैभन्दा बढि बर्दिया र दाङ्गका संक्रमितको ज्यान गइसकेकोछ । हालसम्म बाँकेका मात्र ३० जनाले ज्यान गुमाएका छन् । जसमा सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमित रहेकाछन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी, खजुरा र नरैनापुर गाउँपालिकाका कोरोना संक्रमितको ज्यान गएकोछ । भने बाँकेका राप्तीसोनारी र डुडुवा गाउँपालिकामा हालसम्म कसैको मृत्यु भएको छैन ।