बाँकेका १८ महिला सहित थप ३८ जनाले कोरोना जिते


बाँकेका १८ महिला सहित थप ३८ जनाले कोरोना जिते

File Photo

नेपालगन्जः बाँकेमा थप ३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका विभिन्न अस्पताल, आइसोलेसन तथा होम आइसोलेसनमा रहेका ३८ जना कोरोना संक्रमित निको भएर आज शनिबार डिस्चार्ज भएका हुन् । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ८ सय २४ पुगेको छ ।

बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बाँकेका १८ महिला र २० पुरुष गरी ३८ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् । उनीहरुलाई कात्र्तिक ५ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिएका थिए ।

हाल जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा २५६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ११० पुगेकोछ । भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।