नेपालगन्ज : बाँकेमा एकैदिन दाङका दुई कोरोना संक्रमित ब्यक्तिको उपचारका क्रममा मृत्यु भएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका ७० वर्षिय दुई कोरोना संक्रमित बृद्धको बिहान र बेलुका गरि छुट्टा छुट्टै समयमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर– १८ निवासी ७० वर्षिय कोरोना संक्रमित बृद्धको शनिबार दिउँसो २ः४५ बजे उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका ती बृद्धको कार्तिक १४ गते कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब जाँच गरिएको थियो । कार्तिक १५ गते आएको पीसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती बृद्धलाई रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै शनिबार मृत्यु भएको केन्द्रले जनाएकोछ । योसगैं जिल्ला बाहिरका बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १९ पुगेकोछ ।
यसअघि शनिबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर–४ दाङका ७० वर्षिय बृद्धको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।
केन्द्रका अनुसार ती बृद्धको स्वास्थ्यमा समस्या आएपछि कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसियुमा भर्ना गरि उपचार गरिएको थियो ।
आइसियुमा उपचाररत ती बृद्धमा कोरोनाका आशंकमा कार्तिक १२ गते स्वाब परीक्षण गर्दा सोही दिन साँझ ५ बजे आएको पीसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी