एकैदिन दाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु


एकैदिन दाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

नेपालगन्ज : बाँकेमा एकैदिन दाङका दुई कोरोना संक्रमित ब्यक्तिको उपचारका क्रममा मृत्यु भएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका ७० वर्षिय दुई कोरोना संक्रमित बृद्धको बिहान र बेलुका गरि छुट्टा छुट्टै समयमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर– १८ निवासी ७० वर्षिय कोरोना संक्रमित बृद्धको शनिबार दिउँसो २ः४५ बजे उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका ती बृद्धको कार्तिक १४ गते कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब जाँच गरिएको थियो । कार्तिक १५ गते आएको पीसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएका ती बृद्धलाई रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै शनिबार मृत्यु भएको केन्द्रले जनाएकोछ । योसगैं जिल्ला बाहिरका बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १९ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि शनिबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर–४ दाङका ७० वर्षिय बृद्धको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।

केन्द्रका अनुसार ती बृद्धको स्वास्थ्यमा समस्या आएपछि कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसियुमा भर्ना गरि उपचार गरिएको थियो ।

आइसियुमा उपचाररत ती बृद्धमा कोरोनाका आशंकमा कार्तिक १२ गते स्वाब परीक्षण गर्दा सोही दिन साँझ ५ बजे आएको पीसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।