नेपालगन्ज : नेपालमा कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । योसगैं नेपालमा कुल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबार बेलुकासम्म देशभर १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै देशभर शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म एक लाख ३१ हजार २२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । शनिबारसम्म देशभर तीन हजार जना क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरि देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसैबीच नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।