बाँकेका ३७ सहित एकैदिन ८२ जनामा कोरोना पुष्टि


बाँकेका ३७ सहित एकैदिन ८२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा सञ्चालनमा रहेका तीन प्रयोगशालाबाट बाँकेका ३७ सहित ८२ जनामा कोरोना पुष्टि भएकोछ ।
जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका १४ महिला र २३ पुरुष सहित ३७ जना तथा बाँके बाहिरका १० महिला र ३५ पुरुष गरि ४५ सहित ८२ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ११ महिला र १५ पुरुष सहित २६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ६ पुरुष सहित ९ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ जना पुरुष सहित बाँकेका ३७ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार बाँकेमा थपिएका कोरोना संक्रमितसगैं बाँकेको कुल कोरोना संक्रमित संख्या तीन हजार १ सय ४७ पुगेकोछ । भने शनिबार मात्रै बाँकेका ३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार ८ सय २४ जना रहेकोछ ।

केन्द्रका अनुसार शनिबार बेलुकासम्म बाँकेमा कुल २ सय ९३ जना सक्रिय कोरोना संक्रमित रहेकाछन् । भने हालसम्म बाँकेका मात्र ३० जना कोरोना संक्रमित ब्यक्तिको ज्यान गइसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र १९ पुरुष सहित २७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १ महिला र १२ पुरुषसहित १३ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र ४ पुरुष गरि ५ सहित बाँके जिल्ला बाहिरका ४५ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

यसबीच शनिबार मात्रै बाँकेमा दाङका दुई जना कोरोना संक्रमित ब्यक्तिको उपचारका क्रममा मृत्यु भएकोछ । योसगैं बाँके बाहिरका १९ जना ब्यक्तिको बाँकेमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ ।