कोरोना संक्रमित राँझाकी ६० वर्षिया महिलाको कोहलपुरमा मृत्यु


कोरोना संक्रमित राँझाकी ६० वर्षिया महिलाको कोहलपुरमा मृत्यु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी ६० वर्षिया एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा शनबिार बेलुका मृत्यु भएकोछ ।

जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ती ६० वर्षिय महिलाको शनिबार बेलुका साढे ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ८ गते स्वाब परीक्षण्ढगर्दा सोही दिन आएको रिर्पोटमा उनीमा पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ युनिटमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्वासप्रश्वासमा समस्या आएपछि महिलाको रोगको प्रकृति अनुसरा सम्पूर्ण पद्धती अपनाई उपचार गर्दा समेत उनको स्वास्थ्यमा सुधार नभएपछि शनिबार बेलुका साढे पाँच बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।

लामो समयदेखि मधुमेह रोगबाट ग्रसित ती महिलाको मृत्यु भएसगैं बाँकेमा कोरोना संक्रमित मृतकको संख्या ३१ पुगेकोछ ।