कोरोनाबाट बाँकेमा थप दुईजनाको ज्यान गयो


कोरोनाबाट बाँकेमा थप दुईजनाको ज्यान गयो

नेपालगन्ज : बाँकेमा उपचाररत कोरोना भाइरस संक्रमित थप दुई जना ब्यक्तिको मृत्यु भएकोछ ।

कोरोना भाइरस संक्रमित ती दुई ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ । यसरी ज्यान गुमाउनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ बी गाउँका ४० वर्षिय पुरुष तथा टिकापुर नगरपालिका वडा नम्बर १ कैलालकीका ६० वर्षिय बृद्ध रहेकाछन् ।

केन्द्रका अनुसार बाँके र कैलालीका दुवै संक्रमित ब्यक्तिको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि शनिबार नेपालगन्जका एक महिला र दाङका २ जना बृद्ध गरि तीन जनाको मृत्यु भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ बी गाउँका कोरोना भाइरस संक्रमित ४० वर्षिय पुरुषको उपचारका क्रममा शनिबार राती ११ बजे मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत ती ४० वर्षिय पुरुषलाई कोरोनाको आशंकामा स्वाब संकलन गरि परीक्षण गर्दा उनको मृत्यु पश्चात कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती ११ बजे मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेकोछ ।

यसैबीच, भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षिय बृद्धको आईतबार राती १ बजे मृत्यु भएकोछ ।

स्वास्थ्यमा समस्या आएपश्चात कार्तिक १४ गते भेरी अस्पताल नेपालगन्जको प्रिआइसोलेसन वार्डमा राखि उपचार गरिएको थियो । कोरोना भाइरस संक्रमणको आशंकामा १४ गते स्वाब परीक्षण गर्दा १५ गते आएको रिर्पोटमा पोजेटिभ पाइएको थियो ।

उपचारका क्रममा रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि उनको स्वास्थ्यमा सुधार नभएपछि कार्तिक १६ गते आईतबार राती १ बजे उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।

योसगैं बाँकेमा आई उपचारका क्रममा बाहिरी जिल्लाका २० जना कोरोना संक्रमित ब्यक्तिले ज्यान गुमाइसकेकाछन् ।