२८२४ कोरोना संक्रमित थपिए


२८२४ कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा थप दुई हजार ८२४ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गका क्रममा बोल्दै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ संक्रमित थपिएको बताए ।

पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितसगैं कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ ।

देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । आईतबारसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा तीन हजार ६२० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३४ हजार ८४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार देशभर आईतबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४६५ रहेको छ । भने देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जनाले स्वास्थ्य लाभ लिइरहेका छन् । आईतबारसम्म देशभर दुई हजार ३८६ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार देशभर दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पाइएको थियो भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए ।

आईतबार देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि शनिबार १७ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको थियो ।