नेपालगन्ज : बाँकेमा सञ्चालित तीन वटा प्रयोगशालाबाट १६ महिला सहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबार कोरोना पुष्टि हुनेमा बाँकेका ९ महिला र १२ पुरुष सहित २१ जना तथा बाँके बाहिरका ७ महिला र ६ पुरुष सहित १३ जना गरि कुल ३४ जना ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २ महिला र २ पुरुष गरि ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ महिला र १० पुरुष गरि १७ सहित बाँकेका जम्मा २१ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
आईतबार थपिएका २१ जना कोरोना संक्रमितसगैं बाँँकेमा कुल कोरोना संक्रमित संख्या ३ हजार १ सय ६८ पुगेकोछ । भने आईतबार मात्रै बाँकेका विभिन्न अस्पताल, आइसोलेसन तथा होम आईसोलेसनमा रहेका थप ६० जनाले कोरोना जितेकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या २ हजार ८ सय ८६ पुगेकोछ ।
केन्द्रका अनुसार बाँकेमा आईतबार बेलुकासम्म कुल कोरोना संक्रमति संख्या २ सय ५३ रहेको छ । हालसम्म बाँकेमा ३२ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भइसकेकोछ ।
यसैबीच, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ३ महिला र ३ पुरुष गरि ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ४ महिला र ३ पुरुष गरि ७ सहित बाँके जिल्ला बाहिरका थप १३ जना ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।
आईतबार बाँके र बाँके बाहिर जिल्लाका कुनैपनि ब्यक्तिमा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट संक्रमित फेला परेका छैनन् । भने आईतबार बेलुकासम्म बाँके बाहिरका २० जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।