कोरोना संक्रमित जयसपुरकी ७० वर्षिया बृद्धाको मृत्यु


कोरोना संक्रमित जयसपुरकी ७० वर्षिया बृद्धाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरकी ७० वर्षिया बृद्धाको मृत्यु भएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती बृद्धाको आईतबार बेलुका ५ बजे निधन भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

केन्द्रका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक १२ गते भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षण गरिएको थियो । कार्तिक १३ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि भेरी अस्पतालको कोभिड–१९ प्रिआइसोलेसन वार्डमा राखी उपचार गरिएको थियो ।

उपचारको क्रममा रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दासम्म पनि उनको स्वास्थ्यमा सुधार नभएपछि आईतबार बेलुका ५ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना पोजेटिभ ति बृद्धामा श्वासप्रश्वासमा समस्याले थला परेकी थिइन । उनको मृत्युसगैं बाँकेमा कोरोना संक्रमित ३३ जना ब्यक्तिको ज्यान गएकोछ ।