लुम्बिनी प्रदेशका ५१५ बालबालिकालाई कोरोना

सबैभन्दा बढि रुपन्देही, दोस्रोमा बाँके, सबैभन्दा कम रुकुम पूर्व


लुम्बिनी प्रदेशका ५१५ बालबालिकालाई कोरोना

सांकेतिक तस्विर

नेपालगन्ज : देशभर १० वर्ष मुनिका चार हजार ७ सयभन्दा बढी बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १ लाख ७३ हजार ५ सय ६७ जना कोरोना संक्रमितमध्ये ४ हजार ७ सय ३३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो तथ्यांकमा सोमबारको तथ्यांक अपडेट गरिएको छैन ।

यसरी कोरोना संक्रमित देखिनेमा एक हजार ९ सय ३६ जना बालिका रहेका छन् भने २ हजार ७ सय ९७ जना बालक रहेको मन्त्रालयले जनाएको छ ।

देशभर कुल बालबालिका कोरोना संक्रमित तथ्यांकलाई हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार २ सय ४३ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् । भने दोस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रहेको छ । यहाँका ६ सय १० जना बालबालिकामा कोरोना पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेकोछ । यहाँका ५१५ जना बालबालिकालाई कोरोना पुष्टि भएकोछ । भने चौथो स्थानमा प्रदेश १ रहेको छ । यहाँका ४५० बालबालिकामा कोरोना पुष्टि भएकोछ ।

यसैगरी प्रदेश २ मा ४२३, कर्णाली प्रदेशमा २०५ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८७ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालायका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा १० वर्ष मुनिका ५१५ जना बालबालिकामा संक्रमण देखिएकोछ । प्रदेशमै सबैभन्दा बढि रुपन्देहीमा १७४ जना, दोस्रोमा बाँकेका ८१ जना सबैभन्दा कम रुकुम पूर्व १ जना बालकमा कोरोना पुष्टि भएको छ ।

जिल्लागत तथ्यांकलाई हेर्दा रुकुम पुर्व १ बालक, रोल्पामा २ बालिका र १ बालक गरि ३ जना, प्युठानमा १४ बालिका र १३ बालक गरि २७ जना, गुल्मीमा १३ बालिका र १२ बालक गरि २५ जना, अर्घाखाँचीमा ११ बालिका र १४ बालक गरि २५ जना, पाल्पामा १३ बालिका र १० बालक गरि २३ जना, नवलपरासी पश्चिममा १२ बालिका र १७ बालक गरि २९ जना बालबालिकामा कोरोना पुष्टि भएकोछ ।

यस्तै रुपन्देहीमा ८० बालिका र ९४ बालक गरि १७४ जना, कपिलवस्तुमा २३ बालिका र २८ बालक गरि ५१ जना, दाङमा २४ बालिका र १९ बालक गरि ४३ जना, बाँकेमा ४० बालिका र ४१ बालक गरि ८१ जना र बर्दियामा १४ बालिका र १९ बालक ३३ जना बालबालिकामा कोरोना पुष्टि भएकोछ ।