देशभर थप २९३३ जनामा कोरोना संक्रमण


देशभर थप २९३३ जनामा कोरोना संक्रमण

नेपालगन्ज : नेपालमा कोरोना भाइरसका थप दुई हजार ९३३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९३३ संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ । देशभर सोमबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १५० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसगैं हालसम्म एक लाख ३७ हजार ९९२ जना डिस्चार्ज भएका छन् ।

देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ११९ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै यसअघि शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

आईतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आईतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमित थप २४ जनाको मृत्यु भएकोछ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जना ब्यक्तिको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको छ ।