नेपालगन्ज : कोरोना भाइरस संक्रमणका काराण नेपालमा एक हजार बढिले ज्यान गुमाएकाछन् ।
पछिल्लो समय देशभर २० जना कोरोना संक्रमितले ज्यान गुमाएसगैं नेपालमा कोरोना भाइरस संक्रमित मृतक संख्या एक हजार नाघेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या १ हजार ४ पुगेको छ । यसअघि सोमबार २४ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको थियो ।