देशभर थपिए ३११४ कोरोना संक्रमित


देशभर थपिए ३११४ कोरोना संक्रमित

नेपालगन्ज: देशभर कोरोना भाइरसका थप तीन हजार ११४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ११४ संक्रमित थपिएका हुन् ।

देशभर मङ्गलबार थपिएका नयाँ कोरोना संक्रमित संख्यासँगै कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ । भने देशभर मङ्गलबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट एक हजार ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार १४२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सगैं हालसम्म एक लाख ४१ हजार १३४ जना डिस्चार्ज भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । भने मङ्गलबार बेलुकासम्म देशभर एक हजार २७७ जना क्वारेन्टिनमा रहेका छन् ।

यसअघि शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

आईतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आईतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।

यस्तै सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ ।

यसबीच मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणका काराण एक हजार बढिले ज्यान गुमाएकाछन् ।

पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितले ज्यान गुमाएसगैं नेपालमा कोरोना भाइरस संक्रमित मृतक संख्या एक हजार नाघेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या १ हजार ४ पुगेको छ । यसअघि सोमबार २४ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको थियो ।