कोरोनालाई जितेर कार्यक्षेत्रमा फर्किइन उपमेयर थापामगर


कोरोनालाई जितेर कार्यक्षेत्रमा फर्किइन उपमेयर थापामगर

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले कोरोनालाई परास्त पार्दै पुनः कार्य क्षेत्रमा फर्केकिछन् । असोज २७ गते कोरोना भाइरस रोकथाम तथा न्यूनिकरण कार्यमा फ्रन्ट लाईनमै रहेर सक्रिय रहेकी उपमेयर संक्रमित बन्न पुगेकी थिइन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिरहदाँ १० औं दिनमा गरिएको पीसिआर परीक्षणमा पुनः संक्रमणदेखिएपछि उपमेयर मगरको होम आइसोलेसन अवधि बढेको थियो ।

होम आइसोलेसनमा बसेकी उपमेयर मगरले सोमबार २१ औं दिनमा पीसिआर जाँच गराएकी थिइन । कार्तिक २२ गते आएको पीसिआर रिर्पोटमा नेगेटिभ पाइएपछि उनी कोरोना संक्रमण मुक्त भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उपमेयर थापामगर कोरोना संक्रमणमुक्त भएपछि २२ औं दिनदेखि नै कार्यक्षेत्रमा फर्केको उनले बताइन । ‘कोरोना संक्रमण भएपछि म होम आइसोलेसनमै बसेको थिएँ, १० दिनपछि परीक्षण गराउँदा ममा पुनः कोरोना पोजेटिभ पाइयो । त्यसपछि, हिजो २१ औं दिनमा परीक्षण गर्दा आज आएको रिर्पोटमा नेगेटिभ पाइयो । आजदेखि पुनः जनताको सेवामा खटिन पाउँदा खुसी लागेकोछ ।’ उपमेयर थापामगरले भनिन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणको अवस्था अझै नसकिएको बताउँदै उपमेयर मगरले अगाडी भनिन–‘उच्च स्वास्थ्य सतर्कता अपनाउदै स्वास्थ्य सम्बन्धित सम्पूर्ण मापदण्ड अक्षरस पालन गर्न आम नगरबासीमा अनुरोध गर्न चाहान्छु ।’ उनले अगाडी थपिन–‘कोरोनालाई सामान्य अर्थमा नबुझियोस् । यो खतरनाक छ । हेलचेक्र्याई गरियो भने तपाई र तपाईको परिवार ठूलो संकटमा पर्न सक्छ । उनले नगरबासीसंग सावधानीसगैं सुरक्षित रहन अपील गरिन् ।’