File Photo
नेपालगन्ज : नेपालमा एकैदिन कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत ३० कोरोना भाइरस संक्रमणका विरामीको ज्यान गएको हो । योसगैं नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
यसअघि मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।