७८ जनाको भेन्टिलेटरमा, ३७९ जनाको आईसीयूमा राखेर उपचार हुँदै
नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच नेपालमा बुधबार थप तीन हजार बढि संक्रमित थपिएकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३ सय ९ जना संक्रमित थपिएका हुन् ।
बुधबार देशभर थपिएका कोरोना भाइरस संक्रमितको संख्या सगैं नेपालको कुल कोरोना भाइरस संक्रमित संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर बुधबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । भने पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ८ सय ४४ जना विभिन्न अस्पताल, आइसोलेसन तथा होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने यो संख्या सगैं नेपालमा हालसम्म एक लाख ४४ हजार ८७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएकोछ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार १४१ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसगैं नेपालमा १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसअघि आइतबारदेखि मंगलबारसम्म ३७ हजार ७५६ परीक्षण भएकोमा ९ हजार ३५६ जनमा कोरोना पोजेटिभ देखिएको छ भने ९ हजार ९१२ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकले जनाएकोछ ।
मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना र होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना संक्रमितले स्वास्थ्य लाभ लिइरहेका छन् । बुधबार बेलुकासम्म देशभर एक हजार ३०५ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसअघि मन्त्रालयका अनुसार शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । भने शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।
यसैगरी आईतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आईतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । भने सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ ।
मंगलबार देशभर तीन हजार ११४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १४२ जना डिस्चार्ज भएका थिए । भने मंगलबार देशभर कोरोना भाइरसको संक्रमणा २० जनाको मृत्यु भएको थियो ।
यसैबीच, नेपालमा एकैदिन कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत ३० कोरोना भाइरस संक्रमणका विरामीको ज्यान गएको हो । योसगैं नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४ पुगेकोछ ।
मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
यसअघि मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।