बाँकेका २६ सहित थप ५७ जनामा कोरोना


बाँकेका २६ सहित थप ५७ जनामा कोरोना

नेपालगन्जः बाँकेका तीन प्रयोगशालाबाट ३९ पुरुष सहित थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । यसरी कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा बाँके र बाँके बाहिर जिल्लाका रहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकले जनाएकोछ ।

केन्द्रका अनुसार बिहीबार बाँकेका ८ महिला र १८ पुरुष सहित २६ जना तथा बाँके बाहिरका १० महिला र २१ पुरुष गरि ३१ जना सहित ५७ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

बाँकेमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५ महिला र १५ पुरुष सहित २० जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ३ पुरुष गरि ६ सहित २६ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार बाँकेमा थप भएका कोरोना संक्रमित संख्यासंगै बाँकेको कुल कोरोना भाइरस संक्रमित संख्या ३ हजार ३ सय १३ पुरगेको छ । भने बिहीबार मात्रै बाँकेका ६ जनाले कोरोना जितेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा कुल २ हजार ९ सय ७९ जनाले कोरोना जितेका छन् । भने हालसम्म बाँके जिल्लामा १३ महिला र २१ पुरुष सहित ३४ जना तथा बाँके बाहिरका ७ महिला र १६ पुरुष गरि २३ सहित कुल महिला २० र पुरुष ३७ गरि जम्मा ५७ जनाले ज्यान गुमाई सकेकाछन् ।

यस्तै बाँके जिल्लामा बिहीबार बेलुकासम्म तीन सय जना सक्रिय संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसैबीच, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ महिला र १६ पुरुष गरि २३ जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ५ पुरुष गरि ८ सहित जम्मा ३१ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।