नेपालगन्ज : कोरोना संक्रमण भएपश्चात उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएका दाङका ६४ वर्षिय बृद्धको मृत्यु भएकोछ ।
दाङ लमही नगरपालिका वडा नम्बर १० निवासी ती ६४ वर्षिय बृद्धको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहीबार राती ९ बजे मृत्यु भएको जिल्ला कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
योसगैं बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमित संख्या २४ पुगेकोछ । दाङका यी कोरोना संक्रमित ६४ वर्षिय बृद्धको स्वास्थ्यमा समस्या आएपश्चात कार्तिक १३ गते कोरोना भाइरस संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा स्वाब परीक्षण गरिएको थियो । १४ गते आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा भर्ना गरि उपचार गरिएको थियो ।
बेलझुण्डिको कोरोना विशेष अस्पतालमा उपचाररत यी बृद्धाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भन्दै कार्तिक १९ गते बेलुका भेरी अस्पताल नेपालगन्जको कोरोना आइसोलेसन युनिटमा राखी उपचार गरिएको केन्द्रले जनाएकोछ ।
मृतक बृद्धको रोगको प्रकृति अनुसार भेन्टिलेटरमा राखि स्वास्थ्य सम्बन्धि सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दागर्दै उनको स्वास्थ्यमा सुधार नभएपछि बिहीबार राती ९ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।