नेपालगन्ज : नेपालमा शुक्रबार थप दुई हजार ९ सय ९ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।
देशभर शुक्रबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । भने पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । भने हालसम्म देशभर एक हजार २५४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।