File Photo
नेपालगन्ज : बाँके जिल्लामा उपचारका क्रममा बाहिरी जिल्लाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।
जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार टिकापुर नगरपालिका वडा नम्बर १ कैलालीका ५६ वर्षिय महिलाको निधन भएको हो । यसअघि बाँके जिल्लामा उपचारका लागि आएका २४ जना कोरोना संक्रमितको निधन भएको थियो । योसगैं बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका २५ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरशेबाबु श्रेष्ठले जानकारी दिए ।
कार्तिक २० गते स्वास्थ्यमा समस्या आई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका ती महिलालाई कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएको थियो । तर मृत्यु पश्चात शुक्रबार (आज) आएको पीसिआर परीक्षणमा मृतक महिलामा कोरोना भाइरस पोजेटिभ पाइएको फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महिलाको रोगको प्रकृतिअनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दागर्दै स्वास्थ्यमा सुधार नभएपछि शुक्रबार दिउँसो २ः४५ बजे निधन भएको हो ।