बाँकेका २३ सहित थप ५८ जनामा कोरोना


बाँकेका २३ सहित थप ५८ जनामा कोरोना

नेपालगन्ज : बाँकेमा सञ्चालित तीन वटा प्रयोगशालाबाट २६ महिला सहित थप ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार यसरी कोरोना पोजेटिभ देखिनेमा बाँकेका २३ जना सहित ५८ ब्यक्ति रहेकाछन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र ५ पुरुष गरि १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ पुरुष र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ३ महिला र २ पुरुष गरि ५ सहित बाँकेका २३ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार बाँकेमा थपिएका कोरोना संक्रमित संख्यासंगै बाँकेको कुल कोरोना संक्रमित संख्या तीन हजार ३ सय ३६ पुगेकोछ । भने शुक्रबार नै थप ८ जना डिस्चार्ज हुदाँ बाँकेका कुल दुई हजार ९ सय ८७ जनाले कोरोना जितेका छन् ।

केन्द्रका अनुसार बाँकेमा शुक्रबार बेलुकासम्म कुल ३१५ जना जना सक्रिय संक्रमित रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १० महिला र १३ पुरुष गरि २३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ महिला र ६ पुरुष गरि ११ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट एक पुरुष गरि बाँके बाहिरका ३५ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएकोछ ।

केन्द्रका अनुसार बाँकेको भेरी अस्पताल नेपालगन्जमा १५ जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशनमा १३ गरि कुल २८ जना सिकिस्त कोरोनाका विरामी रहेकाछन् ।