नेपालगन्ज: बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६, शम्शेरगञ्जका ४८ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत शम्शेरगञ्जका ती पुरुषको शुक्राबर बेलुका ५ः२० बजे मृत्यु भएको हो ।