पीसिआर नेगेटिभ आएका ४८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु


पीसिआर नेगेटिभ आएका ४८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित ब्यक्तिको पीसिआर परीक्षण रिर्पोट नेगेटिभ आएपनि बाँकेमा एक जनाको मृत्यु भएकोछ ।

कोरोना भाइरस संक्रमणकाबीच संक्रमित ब्यक्तिको दोस्रो पटक पीसिआर परीक्षण गर्दा नेगेटिभ आएपनि मृत्यु भएको जिल्लामा यो पहिलो घटना हो ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६, शम्शेरगञ्जका ४८ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ ती पुरुषको दोस्रोपटक हिजो बिहीबार स्वाब संकलन गरि परीक्षण गरिएको थियो । स्वाब परीक्षण गर्दा शुक्रबार आएको रिर्पोट नेगेटिभ रहेको थियो । पीसिआर नेगेटिभ आएपनि उनको स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत शम्शेरगञ्जका ती पुरुषको शुक्रबार बेलुका ५ः२० बजे मृत्यु भएको हो । योसगैं बाँकेमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

केन्द्रका अनुसार स्वासप्रश्वासमा समस्या आएपश्चात कार्तिक २ गते बेलुका भेरी अस्पताल नेपालगन्जको प्रिआइसोलेसनमा भर्ना भएका शम्शेरगञ्जका ती पुरुषको कार्तिक २ गते स्वाब परीक्षण गरिएको थियो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट कार्तिक ३ गते आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पइएको ती पुरुषको रोगको प्रकृतिअनुसार रेमडिसिभर तथा प्लाज्मा थेरापीबाट उपचार गरिएता पनि स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक जटिल कोरोना भाइरस संक्रमणबाट ग्रसित हुदाँ स्वासप्रश्वासमा समस्या भई निधन भएको केन्द्रले जनाएकोछ ।
बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार ती पुरुषको बिहीबार स्वाब संकलन गरि जाँच गर्दा नेगेटिभ आएको थियो । फ्लोअप स्वाब संकलन गरि पीसिआर जाँच गर्दा नेगेटिभ आएकोले मृत्युको संख्या जोडिने तर, शव ब्यवस्थापन भने घरपरिवारबाटै हुने उनले बताए ।