तुल्सीपुरका ७६ वर्षिय बृद्धको कोहलपुरमा मृत्यु


तुल्सीपुरका ७६ वर्षिय बृद्धको कोहलपुरमा मृत्यु

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण् अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बााकेका अनुसार दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ७६ वर्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

योसगैं बाँके जिल्लामा उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमित मृतक संख्या २७ पुगेकोछ । यसअघि बिहीबार र शुक्रबार गरि बाँके बाहिरका २ जनाको मृत्यु भइसेकोछ ।

कार्तिक १२ गते स्वास्थ्यमा समस्या आएकापश्चात नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि स्वब परक्षिण् गरिएको थियो । १३ गते नै आएको पीसिआर परीक्षण रिर्पोटमा कोरोनापोजेटिभ पाइएपछि उनलाई कोभिड–१९ आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारका क्रममा रोगको प्रकृतिअनुसार सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दागर्दै उनको स्वास्थ्यमा सुधार नभएपछि शुक्रबार बेलुका ६ः४० बजे उनको मृत्यु भएको केन्द्रले जनाएकोछ । मृतक मधुमेह रोगबाट ग्रसित थिए ।