बर्दिया : मानसिक रोग सम्बन्धि औषधि सेवन गरिरहेकी एक सुत्केरी महिलालाई बारबर्दिया नगरपालिकाका उप—प्रमुख अञ्जु दहितले आर्थिक सहयोग तथा न्यानो कपडा उपलब्ध गराएकी छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका —११ जब्दी माईतमा बस्दै आएकी मञ्जु थारुले मानसिक रोगको औषधी सेवन गरिरहेको अवस्थामा बच्चाको स्याहार सुस्यार गर्न समस्या भएको तथा आर्थिक अवस्था पनि कमजोर भएका कारण बारबर्दिया नगरपालिकाका उपप्रमुख अञ्जु दहितले घरमै पुगेर मञ्जु थारुकी आमा जितरानी थारुलाई नगद १० हजार रुपैयाँ र बच्चाको लागी न्यानो कपडा हस्तान्तरण गरेकी हुन् । घरमा बस्ने वातावरण नभएपछि माईतमा बस्दै आएकी मञ्जुका श्रीमान मजदूरी काम गर्न नेपालगन्जमा रहेका छन् ।
करिब ४५ दिन अघि सुत्केरी भएकी मञ्जु मानसिक रोगको औषधी सेवन गरिरहेकी छिन, पर्याप्त आमाको दुध नआउने र राम्रोसंग दुध नखुवाउने गरेका कारण र बच्चाको पनि उचित स्याहार सुसार नभएको हुदाँ मञ्जुकी आमाले बच्चाको स्याहार सुसार गर्दै आइरहेकी छिन् ।
बारबर्दिया नगरपालिकाका उपप्रमुख अञ्जु दहितले नगद रुपैयाँ र बच्चाको लागी न्यानो कपडा दिदैँ बच्चा र आमाको ख्याल राख्न सुझाव दिइन । साथै बच्चाको आमालाई नियमित औषधि सेवन ठिक समयमा गराउन र बच्चाको हेरचाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको बताइन ।
सो सहयोग हस्तान्तरणमा महिला विकास निरिक्षक उषा पुन, सूचना अधिकारी राधेश्याम प्रसाद चौधरी र सामाजिक परिचालिका सृजना घिमिरे लगायतको पनि उपस्थिति रहेको थियो ।