बाँकेबाट थप ३५ जना डिस्चार्ज


बाँकेबाट थप ३५ जना डिस्चार्ज

File Photo

नेपालगन्ज : बाँकेका विभिन्न अस्पताल, आइसोलेसन तथा होम आइसोलेसनमा रहेका ३५ जनाले कोरोना जितेकाछन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका विभिन्न अस्पताल, संस्थागत तथा होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेका ३५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ हजार २२ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत कात्र्तिक १२ गते जिल्लाका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका १६ महिला र १९ पुरुष गरि ३५ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हाल जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका २७९ र जिल्ला बाहिरका २३ गरि ३०२ जनाले स्वास्थ्य लाभ लिइरहेका छन् । केन्द्रका अनुसार प्रति सयमा ९०.५९ प्रतिशत विरामीको निको हुने दर रहेको बाँकेमा विरामीको मृत्यु दर १.०५ प्रतिशत रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार शुक्रबार बेलुकासम्म बाँकेमा कुल कोरोना संक्रमित संख्या तीन हजार ३ सय ३६ पुगेकोछ । भने शुक्रबार नै थप ८ जना डिस्चार्ज भएका थिए । केन्द्रका अनुसार बाँकेमा शुक्रबार बेलुकासम्म कुल ३१५ जना जना सक्रिय संक्रमित रहेकाछन् ।

केन्द्रका अनुसार बाँकेको भेरी अस्पताल नेपालगन्जमा १५ जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशनमा १३ गरि कुल २८ जना सिकिस्त कोरोनाका विरामी रहेकाछन् । हालसम्म बाँके जिल्लाका ३५ र बाँकेमा आइ उपचारका क्रममा बाँके बाहिरका २८ गरि ६३ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।