२७५३ कोरोना संक्रमित थपिए


२७५३ कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा कोरोना भाइरसका थप दुई हजार ७५३ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७५३ संक्रमित थपिएका हुन् । योसगैं नेपालमा कुल कोरोना भाइरस संक्रमित संख्या एक लाख ९१ हजार ७३६ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर शनिबार बेलुकासम्म कुल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । भने पछिल्लो २४ घण्टामा दुई हजार २०६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५५ हजार ११४ जना डिस्चार्ज भएका छन् ।

शनिबार बेलुकासम्म १५ लाख २५ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर एक हजार ११४ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।