बाँकेमा थपिए ५६ संक्रमित


बाँकेमा थपिए ५६ संक्रमित

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका थप ५६ जना संक्रमित भेटिएकाछन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५० र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ६ जना गरि जम्मा ५६ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यसरी कोरोना पुष्टि हुनेमा २४ महिला र ३२ पुरुष रहेकाछन् । योसगै बाँकेमा कुल कोरोना भाइरस संक्रमित संख्या तीन हजार ३ सय ९२ पुगेकोछ । भने शनिबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १३ महिला र २२ पुरुष गरि ३५ जनाले कोरोना जितेको केन्द्रले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बेलुकासम्म बाँकेमा ३३५ जना सक्रिय संक्रमित रहदाँ कुल तीन हजार २२ जनाले कोरोना जितेकाछन् ।

कोराना भाइरस महामारीकाबीच बाँकेका १३ महिला र २२ पुरुष गरि ३५ जना तथा बाँकेमा उपचारका क्रममा बाँके जिल्ला बाहिरका ९ महिला र १९ पुरुष २८ सहित ६३ जना ब्यक्तिको ज्यान गएको छ । जसमा जम्मा २२ महिला र ४१ पुरुष रहेको केन्द्रले जनाएकोछ ।