जण्डिससगैं कोरोना लागेपछि ५६ वर्षिय बृद्धको ज्यान गयो


जण्डिससगैं कोरोना लागेपछि ५६ वर्षिय बृद्धको ज्यान गयो

नेपालगन्ज : एक महिनादेखि जण्डिसको समस्याबाट ग्रसित रोल्पाका ५६ वर्षिय बृद्धको कोरोनाले ज्यान लिएकोछ ।

जण्डिसका विरामी भइ स्वास्थ्य लाभ लिइरहेका लिवाङ्ग नगरपालिका वडा नम्बर ४ रोल्पाका ५६ वर्षिय बृद्धको २३ गते मध्यराती १२ बजेर १० मिनेटमा ज्यान गएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि रेउधा अस्पतालमा स्वास्थ्य जाँच गरि थप उपचारका लागि कार्तिक १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

कोरोना भाइरस संक्रमणको आशंकामा सोही दिन उनको स्वाब संकलन गरि पीसिआर जाँच गर्दा कार्तिक १५ गते बेलुका ४ बजे आएको रिर्पोटमा कोराना पोजेटिभ पाइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना पोजेटिभ पाइएका ती बृद्धको थप उपचारका लागि भन्दै सोही दिन बेलुका भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ युनिटमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।

रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि ती बृद्धको स्वास्थ्यमा सुधार नभएपछि २३ गते राती १२ बजेर १० मिनेटमा उनको मृत्यु भएको केन्द्रले जनाएकोछ ।

योसगैं बाँके जिल्लामा आई उपचारका क्रममा बाहिरी जिल्लाका २९ जना ब्यक्तिको मृत्यु भइसकेकोछ ।