नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो


नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

File Photo

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेकोछ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ सय नाघेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म एक हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।