देशभर २८१७ कोरोना संक्रमित थपिए


देशभर २८१७ कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा थप दुई हजार ८१७ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । आईतबार बेलुकासम्म देशभर १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आईतबार बेलुकासम्म भेटिएका कोरोना भाइरसका नयाँ संक्रमित संख्या सगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । भने देशभर आईतबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख६ ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३९८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीबारदेखि हालसम्म ४५ हजार ९५५ जनाको पीसीआर परीक्षण भएकामध्ये ११ हजार ५३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यही अवधिमा १२ हजार ९४८ जना डिस्चार्ज भएका छन् भने ७४ मृत्यु भएको छ ।

यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेकोछ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ सय नाघेको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म एक हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।