बाँकेका थप १९ जनामा संक्रमण, कोरोना जित्नेको संख्या तीन हजार नाघ्यो


बाँकेका थप १९ जनामा संक्रमण, कोरोना जित्नेको संख्या तीन हजार नाघ्यो

नेपालगन्ज : बाँकेमा सञ्चालित तीन प्रयोगशालाबाट ७ महिला सहित थप १९ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएकोछ । यसरी कोरोना संक्रमण देखिनेमा सबै बाँके जिल्लाका ब्यक्ति रहेकाछन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकका अनुसार अईतबार थपिएका कोरोना संक्रमित ब्यक्तिसगैं जिल्लाको कुल कोरोना संक्रमित संख्या तीन हजार चार सय ११ पुगेकोछ । भने आईतबार थप ३७ जनाले कोरोना जितेर घर फर्केकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार आईतबार बेलुकासम्म बाँकेमा कुल ३१७ जना सक्रिय संक्रमित रहेकोमा तीन हजार ५९ जनाले कोरोना जितेकाछन् ।

हालसम्म बाँकेका १३ महिला र २२ पुरुष तथा बाँके बाहिरका ९ महिला र २० पुरुष गरि जम्मा २२ महिला र ४२ पुरुष सहित ६४ जनाको कोरोनाका कारण मृत्यु भएकोछ ।