देशभर २५७१ कोरोना संक्रमित थपिए


देशभर २५७१ कोरोना संक्रमित थपिए

नेपालगन्ज : देशभर कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् । यो सगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । भने कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ । सोमबार बेलुकासम्म देशभर ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।