पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा


पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा

डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकास्तरीय पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

गोष्ठीमा गाउँपालिका अन्र्तगत वडास्तरमा रहेका स्वास्थ्य चौकीहरुले पोषण कार्यक्रम तथा अवस्था, समस्या र सुधारको पहलका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा गाउँपालिकामा अझै पनि १४ प्रतिशत पोषणको स्तरमा सुधार गर्नुपर्ने देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार बालबालिकाहरुको पोषण अवस्था सुधारका लागि खोप, पौष्टिक खाना, तौल र उचाईलाई विशेष ध्यान दिनुपर्दछ । जन्मेदेखि दुई वर्षको बालबालिकालाई आमाको दुध र थप पौष्टिक खाना खुवाउनले कुपोषण रोगबाट बचाउँछ ।

गोष्ठीको सोमबार समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले समुदायमा अझैपनि स्वास्थ्य सचेतनाको अभावमा बालबालिकाहरुलाई कुपोषण हुने गरेकाले गाउँपालिकाले चेतनामुलक सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य आमोद तिवारी, गाउँपालिकाका अधिकृत ओमबहादुर राना लगायतले आफ्नो धारणा राखेका थिए । । गोष्ठीमा गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, फोकल पर्सन, लगायतको सहभागिता रहेको थियो ।