कोरोना संक्रमित बर्दियाका २९ वर्षिय युवाको निमोनिया भइ मृत्यु


कोरोना संक्रमित बर्दियाका २९ वर्षिय युवाको निमोनिया भइ मृत्यु

नेपालगन्ज : बाँकेमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित युवाको मृत्यु भएकोछ ।

बर्दिया ठाकुराबाबा नगरपालिका वडा नम्बर २ निवासी २९ वर्षिय युवाको नेपालगनज मेडिकल कलेजश शिक्षण अस्पताल नेपालगनजमा उपचारका क्रममा मृत्यु भएको हो । योसगैं बाँकेमा आइ उपचारका क्रममा बाहिरी जिल्लाका ३० जनाको ज्यान गएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार गत कार्तिक २३ गते स्वास्थ्यमा समस्या आएपश्चात नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएका ती युवालाई सोमबार बिहान ७ बजे स्वाब संकलन गरि कोभिड–१९ प्रिआइसोलेसनमा राखी रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उपचारका क्रममा युवाको स्वास्थ्यमा सुधार नभएपछि सोमबार दिउासो १ः ४५ जबे मृत्यु भएको केन्द्रले जनाएकोछ । मृत्यु भएका युवालाई कोरोनासगैं दुबै फोक्सोको निमोनिया भइ मृत्यु भएको हो ।