बाँकेमा २१ जना थपिए


बाँकेमा २१ जना थपिए

नेपालगन्ज : बाँकेमा सञ्चालित तीन वटा प्रयोशालाबाट थप २१ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ जना गरि बाँकेका जम्मा २१ जना ब्यक्तिमा कोराना पुष्टि भएको हो । यसरी कोरोना देखिनेमा ८ महिला र १३ पुरुष रहेकाछन् ।

बाँकेमा सोमबार थप भएका कोरोना संक्रमितगैं बाँकेको कुल कोरोना संक्रमित संख्या तीन हजार ४ सय ३२ पुगेको छ । भने सोमबार नै थप ३५ जनाले कोरोना जित्दा बाँकेमा कुल तीन हजार ९२ जनाले कोरो जितेकाछन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार सोमबार बेलुकासम्म बाँकेमा ३०५ जना सक्रिय कोरोन संत्रमmमिात रहेकामा हालसम्म बाँके बाहिरका ३० जना तथा बाँकेका ३५ जना गरि ६५ जनाको ज्यान गइसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital