बाँकेमा एक स्वास्थ्यकर्मीसहित ४ जनाको मृत्यु


बाँकेमा एक स्वास्थ्यकर्मीसहित ४ जनाको मृत्यु

नेपालगन्ज : पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमित ४ जनाको मृत्यु भएकोछ । यसरी मृत्यु हुनेमा बर्दियाका ३ र दाङ्गका १ जना गरि ४ जनाको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेको भेरी अस्पतालमा २ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र वेष्टर्न अस्पतालमा एकएक जना गरि ४ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

केन्द्रले जारी गरेको तथ्यांक अनुसार बर्दिया राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ वर्षिय पुरुषको उपचारका क्रममा आज (मङ्गलबार) भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

गत कार्तिक १३ गते स्वास्थ्यमा समस्या आई भेरी अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना भएका ती ३२ वर्षिय पुरुषमा कोरोनाका आशंकामा सोही दिन स्वाब संकलन गरि परीक्षण गरिएको थियो । कार्तिक १४ गते दिउँसो ३ बजे आएको स्वाब परीक्षण रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि रोगको प्रकृतिअनुसार रेमडिसिभर र प्लाज्मा थेरापीका साथ भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मङ्गलबार विहान ११ बजे उनको मृत्यु भएको केन्द्रले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

मृतकको दुवै फोक्सोको निमोनिया भएको थियो । केन्द्रका अनुसार उनी निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

यस्तै, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ६४ वर्षिय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएकोछ ।

स्वास्थ्यमा समस्या आएपश्चात कार्तिक २३ गते राती ११ः५० बजे भेरीको एमरजेन्सी वार्डमा ल्याइएका ती विरामी बृद्धलाई सोही दिन स्वाब संकलन गरि परीक्षण गरिएको थियो । २४ गते बिहान ११ बजे आएको स्वाब रिर्पोटमा कोरोना पोजेटिभ पाइएका ती ६४ वर्षिय बृद्धलाई रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दागर्दै श्वासप्रश्वास सम्बन्धि समस्या बढ्दै गएपछि हिजो सोमबार राती ९ः९ बजे मृत्यु भएको थियो ।

यसैगरी, बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर–८ निवासी ३५ वर्षिय पुरुषको वेष्र्टन अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ ।

केही समयअघि चोटपटक लागि खुट्टाको जोनी खुस्कोको समस्याले उपचारका लागि कार्तिक २३ गते बेलुका साढे ८ बजे वेष्टर्न अस्पताल नेपालगन्ज भर्ना गरिएका ती पुरुषमा कोरोना शंकामा स्वाब संकलन गरि परीक्षण गरिएको थियो ।

२४ गते बेलुका ५ बजे आएको स्वाबको रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि रोगको प्रकृति अनुसार सबै पद्धति अपनाएर उपचार गर्दा गर्दै श्वासप्रश्वासको समस्या बढ्दै गएपछि ती पुरुषको सोमबार बेलुका ८ः१५ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ । उनको स्वाब बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्निक सेन्टरको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यस्तै, बर्दिया ठाकुराबाबा नगरपालिका वडा नम्बर २ निवासी २९ वर्षिय युवाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्यु हिजो सोमबार दिउँसो १ः ४५ बजे भएको थियो ।

केन्द्रका अनुसार गत कार्तिक २३ गते स्वास्थ्यमा समस्या आएपश्चात नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनलाई भर्ना गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएका ती युवालाई सोमबार बिहान ७ बजे स्वाब संकलन गरि कोभिड–१९ प्रि–आइसोलेसनमा राखी रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गरिएको थियो ।

उपचारका क्रममा युवाको स्वास्थ्यमा सुधार नभएपछि कोरोनासगैं दुबै फोक्सोको निमोनिया भइ मृत्यु भएको केन्द्रले जनाएकोछ । योसगैं बाँकेमा उपचारका लागि आएका बाँके बाहिरी जिल्लाका ३३ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । भने बाँके जिल्लाका ३५ जना संक्रमितको मृत्यु भइसकेको केन्द्रले जनाएकोछ ।